FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

६ भदौ, काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज (शनिबार)देखि काठमाडौंमा सुरु हुँदैछ । ई स्पोट्र्स एसोसिएसन अफ नेपाल (ईशान) र ई स्पोट्र्स काउन्टीको आयोजनामा पब्जी मोबाइलको आधिकारिक दुई दिने राष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको हो ।

प्रतियोगितामा नेपालका उत्कृष्ट १६ पब्जी मोबाइल टोलीले प्रतिस्पर्धा गर्नेछन् । पब्जी मोबाइल ग्लोबल ओपन ९पीएमजीओ० सम्म पुग्ने आधिकारिक प्रतियोगिताका रूपमा रहेको पीएमएनसीमा डीआरएससहित १६ टोली सहभागी हुनेछन् । लोकप्रिय टोली होरा ई स्पोट्र्स भने यसअघि नै अर्को चरणमा प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको कुल पुरस्कार रकम १ हजार अमेरिकी डलर रहेको छ । यस अन्तर्गत विजेताले ४०० अमेरिकी डलर, उपविजेताले २५० डलर र तेस्रो हुने टोलीले १५० डलर पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, चौथो स्थानमा रहने टोलीले १२० डलर र पाँचौँ स्थानमा रहने टोलीले ८० अमेरिकी डलर प्राप्त गर्नेछन् ।

साथै, शीर्ष १२ टोलीहरू ‘२०२६ पब्जी मोबाइल नेशनल च्याम्पियनसिप ९ साउथ एसिया फल’का लागि छनोट हुनेछन् ।

राष्ट्रिय खेलकुद परिषद् ९राखेप०बाट स्वीकृति प्राप्त प्रतियोगितामा खेल प्रतिस्पर्धासँगै दर्शकका लागि विभिन्न मनोरञ्जनात्मक गतिविधिसमेत आयोजना गरिने आयोजकले जनाएको छ । कार्यक्रममा गीत संगीत, फुड स्टल तथा विभिन्न गेमिङ जोनको व्यवस्था रहनेछ ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताले नेपालको पब्जी मोबाइल तथा समग्र ई स्पोट्र्स क्षेत्रका उत्कृष्ट खेलाडी र टोलीलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय