FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

रौतहट । बाराको कलैया उपमहानगरपालिका–१, कट्टीपर्साबाट हराएकी दुई वर्षीया बालिका बिन्दी मण्डल सकुशल भेटिएकी छन् । स्थानीय मुकेश मण्डलकी छोरी बिन्दी शनिबार साँझदेखि घरैबाट बेपत्ता भएकी थिइन् ।

उनलाई आइतबार बिहान कलैया–२६ स्थित सिसवा महेशपुरमा सडक किनारको नालामा रोइरहेको अवस्थामा एक स्थानीय महिलाले फेला पारेकी हुन् । फेला परेलगत्तै ती महिलाले बालिकालाई नालाबाट उद्धार गरी आफ्नो घरमा लगेर हेरचाह गरेकी थिइन् । पछि प्रहरीको समन्वयमा बालिकालाई सुरक्षित रूपमा अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

शनिबार साँझ बालिका हराएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको नेतृत्वमा रहेको सुरक्षा निकायको टोलीले रातभर तीव्र खोजी अभियान चलाएको थियो ।

खोजी कार्यलाई प्रभावकारी बनाउन तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको थियो । उक्त खोजी अभियानमा नेपाल प्रहरीलाई सशस्त्र प्रहरी र नेपाली सेनाले समेत सहयोग गरेका थिए । सरोकारवाला र सुरक्षा निकायको संयुक्त प्रयास तथा स्थानीयको सजगताका कारण बालिकालाई समयमै सकुशल फेला पार्न सफल भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय