FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

८ भदौ, काठमाडौं । ई-स्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईशान) र पब्जी मोबाइलको संयुक्त आयोजनामा सम्पन्न पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता (पिएमएसएल) फल सिजनको उपाधि डट्स ई-स्पोर्ट्सले जितेको छ । विजेता टोलीले पुरस्कार स्वरूप ४ सय अमेरिकी डलर प्राप्त गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्बाट राष्ट्रिय खेलकुद प्रतियोगिताको स्वीकृत कार्यक्रम अनुसार देशभरबाट छनोट भएका १६ टोलीले प्रतिस्पर्धा गरेका थिए । दशरथ रङ्गशालास्थित कभर्ड हलमा भदौ ६ र ७ गते सञ्चालन भएको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै डट्स एस्पोट्र्सले उपाधि हात पारेको हो ।

विजेता टिमलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र ईशानका कार्यवाहक अध्यक्ष हिम विक्रम केसीले पुरस्कार तथा ट्रफी हस्तान्तरण गरेका थिए ।

प्रतियोगिताबाट उत्कृष्ट १२ टोलीले ‘रोड टू पिएमजीओ’ अन्तर्गतको अर्को चरणमा प्रवेश गरेका छन् । यस चरणले नेपाली टोलीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा पुग्ने बाटो खोल्नेछ ।

नेपालमा ई-स्पोर्ट्सलाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताको सफल आयोजना गरिएको संघका सचिव आशिष दाहालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय