FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

उदयपुर, भदौ ८ गते । उदयपुरको बेलका नगरपालिका–५, जहडास्थित सुपाडेमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार मदन भण्डारी लोकमार्गअन्तर्गत बेलटार–रामपुर खण्डको सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को १ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको को १ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा अटोमा सवार पाँच जना घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा, धरान लगिएकोमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बेलका नगरपालिका–५ की ३४ वर्षीया मन्दिरा मगर र नाम, थर तथा ठेगाना नखुलेकी एक महिला रहेको प्रहरीले जनाएको छ ।

घाइते तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा अटो चालक बेलका नगरपालिका–५ का २८ वर्षीय इन्द्र थापा, विराटनगर महानगरपालिका–१२, मोरङका १९ वर्षीय अजित गुरुङ र बेलका नगरपालिका–५ का १८ वर्षीय रोशन मगर रहनुभएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले दुर्घटनामा संलग्न बस र बस चालक बेलका नगरपालिका–५ का ३६ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएको छ । बस चालकलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय