FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

९ भदौ , काठमाडौँ । मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले घरेलु टोली मलेसियालमाथि जित निकालेको छ ।

मलेसियाको सेलाङ्गोर टर्फ मैदानमा आज भएको अभ्यास खेलमा नेपालले घरेलु टोली मलेसियामाथि नौ विकेटको जित निकालेको हो । जितको लागि मलेसियाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपाललले जवाफी गर्दा गर्दै गर्दै वर्षा भएको थियो । त्यसपछि निर्धारित ५० ओभरको खेललाई छोट्टाएर ४८ ओभरमा झारिएयो । त्यससँगै नेपालले ४८ ओभरमा २२८ रनको नयाँ लक्ष्य प्राप्त गर्‍यो । उक्त लक्ष्य नेपालले २८ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक १६१ रनको योगदान दिए । उनले ८५ बलमा १२ चौका र १२ छक्का प्रहार गर्दै १६१ रन बनाएका हुन् । त्यस्तै अर्जुन कुमाल ६१ रनमा अविजित रहे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनको योगफल बनाएको थियो । मलेसियाका लागि मुहम्मद स्याहादात रामलीले सर्वाधिक ६१ रन बनाए । त्यसैगरी सैफुल्लाह मलिकले ४५, साइद अजिजले ४० र विरानदीप सिंहले ३९ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । त्यस्तै करण केसीले २ विकेट लिँदा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए । यही भदौ १४ गतेदेखि मलेसियामा नै आयोजना हुने एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारी स्वरुप नेपालले उक्त अभ्यास खेल खेलेको हो । उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसियासँगै हङकङ, बहराइन र साउदी अरेबिया रहेका छन् ।

त्यस्तै समूह ‘बी’ मा भने संयुक्त अबर इमिरेट्स (युएई), ओमान, कुवेत, कतार र सिङ्गापुर रहेका छन् । नेपालले आफ्नो पहिलो खेल यही भदौ १५ गते बहराइनसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय