FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

९ भदौ, काठमाडौं । रसुवाको भोटेकोसी नदीमा तिब्बततर्फबाट आएको भीषण बाढीले स्याफ्रुबेसीलगायतका बजार र जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको छ।

बिहान ९ः१५ बजे तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि बाढी पूर्वानुमान महाशाखाले अर्को सूचना नआएसम्म त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

स्थानीयका अनुसार बाढीले एउटा जलविद्युत् आयोजना बगाएको छ भने चिलिमेलगायत अन्य आयोजनामा समेत क्षति पुगेको छ। बाढीको स्वरूप हेर्दा कुनै ड्याम फुटेर आएको हुनसक्ने स्थानीयको अनुमान छ।

बाढीको प्रभाव नुवाकोट र धादिङसम्म पर्न सक्ने भन्दै प्रशासनले त्रिशूली आसपासका बस्तीलाई सतर्क रहन आग्रह गरेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै धादिङमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पाण्डे गौतमले जानकारी दिए।

बाढी कहाँबाट र कसरी आएको हो भन्नेबारे भने अहिलेसम्म यकिन विवरण सार्वजनिक भएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय