FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

९ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठुलो संख्यामा मानवीय क्षति भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताएका छन् ।

तिब्बतको च्याङलु लगायतका क्षेत्रमा बाढीले निकै ठुलो विनाश निम्त्याएको जानकारी दिँदै अधिकारीले क्षतिको यकिन विवरण आउन भने केही समय लाग्ने उल्लेख गरे । उनका अनुसार बाढीको आयतन (भोल्युम) निकै ठुलो रहेकाले सीमा क्षेत्रका कतिपय सञ्चार सम्पर्क विन्दुहरू समेत अवरुद्ध हुने अवस्थामा पुगेका छन् ।

तिब्बततर्फ मानवीय र भौतिक क्षति निकै उच्च रहेको खबरहरू प्राप्त भइरहेकाले नेपालतर्फका तल्लो तटीय क्षेत्रमा पनि यसको गम्भीर असर पर्न सक्ने भन्दै उनले सबैलाई सजग रहन आग्रह गरेका छन् ।

‘तिब्बततर्फ मानवीय क्षति एकदमै ठुलो भोल्युममा भएको छ, अब कति भन्ने विवरण आउन बाँकी छ,‘ अधिकारीले भने ।

बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भएर बग्ने भोटेकोशी र त्रिशूली नदीको किनारमा रहेका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न प्रशासनले निर्देशन दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले नदीमा पानीको सतह अनपेक्षित रूपमा बढिरहेकाले तटीय क्षेत्रमा कुनै पनि गतिविधि नगर्न र उच्च सतर्कताका साथ सुरक्षित रहन आम जनसमुदायलाई अपिल गरेका छन् । प्रशासनले तटीय क्षेत्रमा सञ्चालित आयोजना, मजदुर र स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन र कुनै पनि विपद्को संकेत पाउनसाथ सुरक्षा निकायमा खबर गर्न समेत सूचित गरेको छ । बाढीको जोखिम अझै कायमै रहेकाले अर्को सूचना नआएसम्म नदी किनारमा नजान सर्वसाधारणलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय