FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१० भदौ, काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासकसहित २६ जना कर्मचारी सम्पर्कमा आएका छन् भने १४ जनाको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

कार्यालयका अनुसार ३६ जना स्थायी दरबन्दी रहेका कर्मचारीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आइसकेका छन् । बाँकी ११ जना स्थायी कर्मचारी अझै सम्पर्कमा आउन नसकेकाले उनीहरूको खोजी भइरहेको छ ।

त्यस्तै, कार्यालयमा कार्यरत ४ जना करार तथा ज्यालादारी कर्मचारीमध्ये १ जना सम्पर्कमा आएका छन् भने बाँकी ३ जनाको अवस्था अज्ञात रहेको छ ।

हाल सम्पर्कविहीन रहेका कुल १४ जना ९११ स्थायी र ३ करार÷ज्यालादारी० कर्मचारीहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय र स्थानीय प्रशासनसँग निरन्तर समन्वय भइरहेको छ ।

यस्तै, नेपाली सेनाले बाढपीडितको उद्धार धमाधम भइरहेको जनाएको छ । नेपाली सेनाका अनुसार हालसम्म १२ जनाको उद्धार भइसकेको छ ।

नेपाली सेनाका अनुसार सेनाको हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ र मैलुङबाट २ र धुन्चेबाट ४ गरी हालसम्म १२ जनाको उद्धार भइसकेको छ ।

उक्त इलाकामा नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी जम्मा १२ वटा हेलिकोप्टर उद्धार कार्यमा खटिएका छन् । यसका साथै नेपाली सेनाको मेडिकल टिमद्वारा त्रिशूलीस्थित नं।१ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको पनि नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय