FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

११ भदौ, काठमाडौँ । अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ राष्ट्रिय पुरुष क्रिकेट टोलीले हैदराबाद किङ्समेन एकेडेमीविरुद्ध खेल्दै छ । यी दुई टोलीबीचको खेल आज बिहान ९ः१५ बजेदेखि डार्विनस्थित गार्डेन ओभलको मैदानमा सुरु हुनेछ ।

जारी प्रतियोगितामा नेपाल लगातार तेस्रो जित निकाल्दै अङ्क तालिकामा सुधार गर्न चाहन्छ । नेपालले सुरुआती दुई खेलमा पराजय व्यहोर्दा पछिल्लो दुई खेलमा लगातार जित दर्ता गरेको थियो ।

नेपालले आफ्नो तेस्रो खेलमा होबार्ट हरिकेन्स एकेडेमीविरुद्ध ३९ रन तथा चौथो खेलमा अष्ट्रेलियन क्यापिटल टेरिटोरी ९एसिटी० विरुद्ध चार विकेटको जित निकालेको थियो ।

नेपालले पहिलो र दोस्रो खेलमा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध ८ विकेट तथा बङ्गलादेश हाइपर्फमेन्स–११ विरुद्ध ९ विकेटको पराजय व्यहोरेको थियो ।

सेमिफाइनलमा पुग्न आजको खेल नेपालका लागि महत्वपूर्ण छ । ताजा स्थितिमा नेपाल चार अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । उता हैदराबादसँग पनि चार अङ्क नै छ । उसले पनि चार खेल खेल्दा एकमा जित र एक खेलमा पराजय व्यहोरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय