FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२१ भदौ, बाजुरा । बाजुरामा हिजो राति भएको अविरल बर्षाले ठुलो क्षति पुर्याएको छ । अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा सदरमुकाम जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएको हो ।

सडकखण्डको कारागार,विनोद स्मृति प्रतीक्षालय,सेलागाड, सुवाकाँध लगायत ठाउँमा सडक माथिबाट पहिरो खसेपछि सडक अस्तव्यस्त बनेको हो । बडीमालिका ८ को राप्का,६ को जडाङ्गामासमेत पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

सडक अबरुद्ध भएपछि सवारीसाधनको आवागमन ठप्प भएको छ । शनिबार राति आएको अविरल वर्षाका कारण पहिरोले मीन बहादुर थापाको भैसी गोठ पहिरोले पुरेको छ । त्यस्तै सोही नगरपालिका–८ गडखेतमा तीन घर पूर्ण रुपमा क्षति भएको वडीमालिका नगरपालिका ९ का वडा अध्यक्ष सूर्य किरण वि।क ले जानकारी दिए ।

यता वीरेखोलामा बाढी आउँदा दुई दर्जन परिवार विस्थापित भएका छन् । रातभरको अविरल बर्षातले झरनामा बाढि आउँदा २२ बढि परिवार विस्थापित भएका छन् । बाढिले मानवीय एवं भौतिक क्षति नभए पनि परिवारहरु विस्थापित भएका छन् ।

भीषण बाढीबाट वीरेखोलाका ४१ परिवार प्रभावित भएको बडीमालिका–६ का कार्यवाहक वडाध्यक्ष परे बडुवालले बताए । बाढिका कारण कृषकका धानवाली बगरमा परिणत भएको छन् । बर्षाले सदरमुकाम मार्तडी बजारमा समेत क्षति पुर्याएको हो । बजारको विभिन्न ठाउँका ढलमा पानी जम्मा भई सडक छेदविच्छेद बनेको हो । बर्षाले जिल्लामा बिद्युत सेवा समेत अबरुद्ध बनेको छ । जिल्लामा शनिबार आएको वर्षाका कारण पुर्याएको क्षतिको एकिन विवरण भने आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय