FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२१ भदौ, काठमाडौं । अष्ट्रेलियामा आज जारी अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले न्युजिल्यान्ड ‘ए’ लाई २१२ रनको लक्ष्य दिएको छ ।

डार्विनस्थित रारा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २११ रन बनायो ।

न्युजिल्यान्डविरुद्ध नेपालका लागि अलराउन्डर पवन सर्राफले अर्धशतकीय पारी खेले । उनले ९२ बलमा ६ चौकाको मद्दतमा ५९ रनको पारि खेलेका हुन् । अर्का ब्याटर लोकेश बमले ६४ बलमा ४७ रन बनाए । त्यस क्रममा उनले ४ छक्का र १ चौका प्रहार गरे ।

कप्तान अनिलकुमार साह २४, मयन यादव २० तथा विपिन खत्री १२ रनमा आउट भए । बाँकी नेपाली ब्याटरले भने दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् ।

न्युजिल्यान्डका लागि बलिङतर्फ म्याथ्यू फिसरले नौ ओभरमा ३७ रन दिएर सर्वाधिक ४ विकेट लिए । नेपाली टोली आज अन्तिम खेलमा न्युजिल्यान्ड ‘ए’ लाई हराएर अष्ट्रेलिया भ्रमणको सुखद अन्त्य गर्ने योजनामा छ ।

नेपालले जारी एकदिवसीय शृङ्खलाको अघिल्लो दुई खेलमा लगातार पराजय व्यहोरेको थियो । नेपालले तास्मिनियाविरुद्ध २ विकेट तथा दक्षिण अष्ट्रेलियाविरुद्ध १३८ रनको हार व्यहोरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय