FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२१ भदौ, काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको हो। यो जितसँगै नेपाल एक खेल अगावै अन्तिम चारमा पुगेको छ।

पहिले ब्याटिङ गरेको साउदी अरेबियाले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको थियो। उसका लागि अब्दुल वाहीदले ७७ रनको योगदान दिए भने मोहम्मद आतिफले ३० रन बनाए।

नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा १९ रन खर्चेर ३ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले पनि ३ विकेट लिए भने ललित राजवंशीले २ र शेर मल्लले १ विकेट लिए।

१९१ रनको लक्ष्य पछ्याएको नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। गुल्शन झा ४४ र कप्तान रोहित पौडेल २४ रनमा अविजित रहे। इशान पान्डेले ४० तथा देव खनालले ३९ रन बनाए।

नेपालले यसअघि बहराइन र मलेसियालाई पराजित गरिसकेको छ। अब नेपालले समूह चरणको अन्तिम खेल मंगलबार हङकङसँग खेल्नेछ। उक्त खेलपछि समूह विजेताको टुंगो लाग्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय