FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२१ भदौ, काठमाडौँ । मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी) लाई दिने भएको छ ।

सामुदायिक अभ्यासमा रहेको नाच परम्पराको सङ्कलन तथा अभिलेखीकरण गरिएकाले उक्त कृतिलाई पुरस्कार प्रदान गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

मदन पुरस्कार विसं २०१२ मा स्थापित प्रतिष्ठित साहित्यिक पुरस्कार मानिन्छ । सो पुरस्कार मूल्याङ्कनका लागि विभिन्न विधाका २९८ पुस्तक आवेदनमा परेकामा गुठीले १० कृतिको मनोनयन सार्वजनिक गरेको थियो ।

पुरस्कारका लागि अल्पसूचीमा परेका अन्य कृति र लेखकमा अज्ञान (केशवराज ज्ञवाली), इथा (केशव दाहाल), उत्कर्ष (ललित विष्ट), नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको सिमानाको इतिहास (रोशनकुमार झा), परिधि (उमा सुवेदी) महायुग (सीमा आभास) सलह (श्रवण मुकारुङ), स्वप्नस्पर्श (डा नवराज केसी), हिउँद (नदीशा) रहेको गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

जगदम्बाश्री गीतकार खरेललाई

छ दशकदेखि गीत लेखनमा समर्पित गीतकार किरण खरेललाई जगदम्बा श्री पुरस्कार दिइने भएको छ । उक्त पुरस्कार गुठीले विसं २०४५ देखि प्रदान गर्न थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय