FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२२ भदौ, काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा अमेजनका लागि उडान गरिरहेको २१ एयरको कार्गो विमान रनवेबाट चिप्लिएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे भएको दुर्घटनामा विमानले रनवे पार गर्दै बाहिर निस्किएपछि धेरै सवारीसाधनमा ठक्कर दिएको र त्यसपछि आगलागी भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।

मियामी–डेड फायर रेस्क्यु प्रमुख राइड ‘रे’ जदाल्लाहका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ भने अन्य दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विमानले ठक्कर दिएका केही सवारीभित्र मानिस फसेका थिए, जसलाई उद्धारकर्मीले बाहिर निकालेका थिए ।

दुर्घटनापछि ६० भन्दा बढी दमकल तथा उद्धार टोली परिचालन गरिएको थियो । घटनास्थलमा इन्धन चुहावट भएपछि आगो नियन्त्रणसँगै सुरक्षाको काम जारी राखिएको अधिकारीहरूले बताएका छन् ।

अमेजनले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना जनाएको छ । कम्पनीले विमान अवतरणको प्रयासका क्रममा दुर्घटना भएको उल्लेख गर्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने जनाएको छ । दुर्घटनामा परेको विमान ३२ वर्ष पुरानो बोइङ ७६७ रहेको र यो पोर्टो रिकोको सान जुआनबाट मियामी आएको बताइएको छ ।

संघीय उड्डयन प्रशासन ९एफएए० का अनुसार विमानले ९ हजार फिटभन्दा लामो रनवे ३० मा अवतरण गर्ने क्रममा रनवे पार गरेको थियो । दुर्घटनापछि रनवेमा रहेका अवरोध हटाउने काम गरिएको छ ।

रनवेमा ठूलो भग्नावशेष नभेटिए पनि विमानले बाहिरिने क्रममा नेभिगेसन उपकरणमा क्षति पु¥याएको अधिकारीहरूले जनाएका छन् । एफएए र राष्ट्रिय यातायात सुरक्षा बोर्ड ९एनटीएसबी० ले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेका छन् । विमानस्थलको ग्राउन्ड स्टप हटाइएको भए पनि रनवेमा विमान अड्किएकाले सोमबारसम्म केही उडानमा ढिलाइ हुने एफएएले जनाएको छ । एएनआई

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय