FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२३ भदौ, काठमाडौँ । मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा समूह चरणको अन्तिम खेलमा नेपालले हङकङको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल आज बिहान ७ः१५ देखि क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा सुरु हुनेछ ।

यस खेलमा नेपालसामु समूह विजेता बन्ने मौका छ । जारी प्रतियोगितामा तीन खेल खेलिसकेको नेपाल अपराजित छ । नेपाल ताजा स्थितिमा छ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनविरुद्ध ७ विकेट, आयोजक मलेसियाविरुद्ध ६ विकेट तथा साउदी अरेबियाविरुद्ध ५ विकेटको जित निकालेको थियो । नेपाल आजको खेलमा पनि सहज जित दर्ता गर्ने योजनामा छ ।उता हङकङले भने तीन खेल खेल्दा दुई खेलमा जित र एक खेलमा हार व्यहोरेको छ ।

हालसम्म एकदिवसीय क्रिकेटमा हङकङविरुद्ध नेपालको भेट चारपटक मात्र भएको छ । जसमा नेपालले एक र हङकङले दुई खेल जितेको विगत छ । यी दुई टोलीबीचको एउटा खेल भने वर्षाका कारण रद्द भएको छ ।

नेपाल र हङकङले पछिल्लोपटक सन् २०१८ मा एकदिवसीय क्रिकेट खेलेका थिए । उक्त खेलमा नेपालले हङकङलाई ५ विकेटले हराएको थियो । नेपाली टोली आज आठ वर्षअघिको इतिहास दोहो-याउने सोचमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय