FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२३ भदौ, काठमाडौं । वैदेशिक रोजगारीका लागि मौरिसस पठाइदिने आश्वासन दिएर ठगी गरिएको १२ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालय सर्लाहीको पहलमा पीडितहरूले फिर्ता पाएका छन् । ईश्वरपुर नगरपालिका–१ का राजेन्द्र महतोका छोरा राकेश महतो ९नथुनी महतो०ले मौरिससमा वैदेशिक रोजगारी लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएका थिए ।

रकम बुझाएको लामो समय बितिसक्दा पनि उनले न रोजगारीका लागि विदेश पठाए, न त लिएको रकम फिर्ता गरेपछि पीडितहरूले आफू ठगीमा परेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।

राकेशले मलंगवा नगरपालिका–१० का राजकुमार रौनियार र अजय ठाकुर, ईश्वरपुर नगरपालिका–६ का पहलाद सहनी तथा ब्रह्मपुरी गाउँपालिका–६ का सन्दीप यादवबाट मौरिसस पठाउने प्रलोभनमा कुल १२ लाख रुपैयाँ लिएको बताइएको छ ।

पीडितहरूको उजुरीपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले दुवै पक्षलाई कार्यालयमा बोलाएर आवश्यक छलफल तथा समन्वय गरेको थियो । प्रशासनको रोहवरमा भएको छलफलपछि राकेश महतोका बुबा राजेन्द्र महतोले पीडितहरूबाट लिइएको सम्पूर्ण १२ लाख रुपैयाँ फिर्ता गरेका हुन् ।

वैदेशिक रोजगारीमा पठाउने नाममा हुने ठगीका घटना बढिरहेका बेला प्रशासनको पहलमा पीडितहरूले रकम फिर्ता पाउनु राहतको विषय बनेको छ । जिल्ला प्रशासन कार्यालयले वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित व्यक्ति तथा संस्थाको आधिकारिकता जाँच गर्न र वैधानिक माध्यमबाट मात्रै प्रक्रिया अघि बढाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय