FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपाललाई एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था कायम राखेकोमा सम्मान गरिएको छ ।

टिमोर–लेस्टेको दिल्लीमा जारी बैठकमा नेपालबाट अतिरिक्त सचिव डा। संगीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल सहभागी छ ।

डब्ल्यूएचओले बलियो राष्ट्रिय प्रतिबद्धता, गुणस्तरीय खोप सेवा तथा सुरक्षित प्रसूति अभ्यासमार्फत उक्त उपलब्धि कायम राखेको भन्दै नेपाललाई सम्मान गरेको हो।

डब्ल्यूएचओका महानिर्देशकले नेपालका प्रतिनिधिमण्डल प्रमुख डा. मिश्रालाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।

सम्मानपत्रमा नेपालको उपलब्धिले दक्षिण-पूर्वी एसिया क्षेत्रमा मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राख्ने सामूहिक प्रयासमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख छ।

यसैबीच, देशमा आएको विनाशकारी बाढीका कारण स्वास्थ्य प्रतिकार्य, समन्वय तथा जीवनरक्षाका कार्यमा प्रत्यक्ष खटिनुपर्ने भएकाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता बैठकमा सहभागी थिइनन् ।

मन्त्री मेहताले भिडियो सन्देशमार्फत नेपालमा बाढीबाट सिर्जित संकट र प्रभावित जनसमुदायको अवस्थाबारे जानकारी गराउँदै जलवायु न्याय तथा स्वास्थ्यका लागि जलवायु वित्तको आवश्यकता औँल्याएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय