FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२४ भदौ, ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदमार्गमा ८० थान स्वचालित (सेन्सर) सोलार बत्ती जडान गरिएको छ । दाताहरूको सौजन्यमा प्राप्त ती बत्तीहरू माथिल्लो फेदीस्थित प्रवेशद्वारदेखि मन्दिरसम्मको पदमार्गमा राखिएको हो ।

भारतको सिलिगुडीमा सोलार कम्पनी सञ्चालन गर्दै आएका सरोज लामा र नवलकिशोर मिश्रले पाथीभरा क्षेत्र विकास समितिलाई निःशुल्क रूपमा उक्त बत्ती उपलब्ध गराएका हुन् । हिउँदमा दर्शनका लागि आएका बेला पदमार्गमा अँध्यारोका कारण तीर्थयात्रीले सास्ती खेप्नुपरेको देखेपछि उनीहरूले बत्ती उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । सोही वाचा अनुसार समितिले बत्ती प्राप्त गरी जडान सम्पन्न गरेको हो ।

जडान गरिएका बत्तीहरू साँझ परेपछि स्वचालित रूपमा बल्ने र बिहान उज्यालो भएपछि आफैँ निभ्ने पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । उनका अनुसार बत्ती जडान भएसँगै रातको समय तथा बिहानै यात्रा गर्ने भक्तजनलाई हिँडडुल गर्न निकै सहज हुनेछ ।

समुद्र सतहबाट ३ हजार ७९४ मिटरको उचाइमा रहेको पाथीभरा धाममा नेपाल, भारतसहित अन्य मुलुकबाट पनि बर्सेनि ठूलो संख्यामा भक्तजन आउने गर्दछन् । विशेषगरी आसन्न दसैँको नवरात्रमा दर्शनार्थीको चाप उच्च हुने भएकाले पदमार्गमा गरिएको बत्तीको व्यवस्थापनले तीर्थयात्रीलाई ठूलो राहत पुग्ने समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय