FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले निस्सा दिएपछि आफूहरूको आधा जित भइसकेको दाबी गरेका छन् ।

भक्तपुरमा आयोजित ११३ औँ बीपी जयन्तीको अवसरमा ‘बीपी विचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस विषयक’ बिचार गोष्ठी कार्यक्रममा बोल्दै उनले सर्वोच्चबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरेका हुन् ।

उनले भने, ‘निर्वाचन आयोगका प्रमुखले मेरो ज्यानको खतरा भयो भनेको छ । मैले भनेको होइन । सबैले सुनेको कुरा हो । हामीले सर्वोच्चमा मुद्दा हाल्यौँ । चुनाव भइसक्यो के गर्ने रु भन्यो । हामीले पुनरावलोकनमा गयौँ । पुनरावलोकनले निस्सा दियो हामीलाई । निस्सा दिएपछि हाम्रो आधाभन्दा बढी विजय भइसक्यो ।’

यसैगरी उनले गगन थापालाई विशेष महाधिवेशन आह्वान गर्ने अधिकार नै नभएको जिकिर गरे । देउवाले जतिसुकै षड्यन्त्र भएपनि आफूहरूले आधिकारिकता पाउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘अब अहिले पनि के गरेर हुन्छ, कसलाई भनेर के गरेर हुन्छ, कुनै पनि हालतमा पुनरावलोकनबाट नेपाली कांग्रेसको आधिकारिकता हामीले पाउनुपर्ने कुरा रोक्न कोसिस भइराखेको छ । तर हामी कुनै हालतमा मान्दैनौँ । रुख चिह्न, चारतारे झन्डा नेपाली कांग्रेसको हामीले पाउनेछौँ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय