FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२५ भदौ, काठमाडौं । अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पु-याउने उद्देश्यले टेक्नो मोबाइल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

‘टेक्नो स्ट्यान्ड्स विथ नेपाल’ अभियानअन्तर्गत प्रदान गरिएको उक्त सहयोग कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० प्रति प्रतिबद्धताको एक महत्वपूर्ण पहल भएको कम्पनीले जनाएको छ।

विपद्को यस कठिन परिस्थितिमा सरकार तथा सम्बन्धित निकायमार्फत सञ्चालन भइरहेका राहत तथा पुनस्र्थापना प्रयासमा योगदान पु¥याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

यसै क्रममा टेक्नो मोबाइल नेपालका महाप्रबन्धक शंकर मैनाली तथा उनको टोलीले बुधबार अर्थमन्त्री माननीय डा।स्वर्णिम वाग्लेलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

विपद्को समयमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै टेक्नो मोबाइल नेपालले नेपाली समाजप्रतिको आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

कम्पनीले भनेको छ, ‘प्राकृतिक विपद्को यस कठिन समयमा प्रभावित नागरिक तथा समुदायसँग एकताबद्ध भएर उभिनु हाम्रो सामाजिक दायित्व हो। टेक्नोको यो योगदान केवल आर्थिक सहयोग मात्र नभई नेपाली जनताप्रतिको हाम्रो ऐक्यबद्धता, संवेदनशीलता र जिम्मेवारीको प्रतिबिम्ब हो।’

टेक्नो मोबाइल नेपालले आफ्नो सहयोगबाट बाढीपहिरो प्रभावित नागरिकका लागि तत्काल राहत, उद्धार तथा पुनस्र्थापना कार्यमा आवश्यक सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

साथै, आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार समुदाय तथा राष्ट्रका लागि सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय