FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२५ भदौ, सुनसरी । धरानमा पहिलोपटक महिला अन्तरराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । डी-१९ क्लब धरान-१९ को आयोजनामा आगामी कात्तिक २८ देखि मङ्सिर ६ गतेसम्म धरान रङ्गशालामा रात्रिकालीन प्रतियोगिता सञ्चालन हुने भएको हो ।

महिला फुटबलको विकाससँगै स्थानीय महिला खेलाडीलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नाका साथै खेलाडीलाई व्यावसायिक फुटबलतर्फ अघि बढाउन आवश्यक वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको डी(१९ क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक सन्तोष राईले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

प्रतियोगिताको विजेताले रु पाँच लाख र उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फर्वार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु १५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई इभी स्कुटर प्रदान गरिने राईले जानकारी दिए ।

प्रतियोगितामा एपिएफ क्लब काठमाडौँ, नेपाल आर्मी क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, भारतको झारखण्डस्थित आक्वा फुटबल क्लब, बागमती फुटबल क्लब, काँकडभिट्टा वुमन्स फुटबल क्लब झापा, उदयपुर फुटबल क्लब र धरानको स्वर्णिम फुटबल क्लब गरी आठ समूहको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय