FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२६ भदौ, काठमाडौं । बाढी र पहिरोका कारण बागमती र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न प्रमुख राजमार्गहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन् । पछिल्लो विवरणअनुसार मुख्य सडक खण्डहरूमा यातायात आवागमन प्रभावित बनेको छ ।

बागमती प्रदेशअन्तर्गत काभ्रेस्थित वि.पि. राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ७ देखि बिहान ५ बजेसम्म १० टनसम्मका मालबाहक सवारी सञ्चालनमा रोक लगाइएको छ। अन्य समयमा भने बिहान ४ देखि साँझ ६ बजेसम्म परिस्थितिको मूल्यांकन गरी मात्र सवारी सञ्चालन गर्न दिइएको छ ।

रसुवाको त्रिशुली-मैलुङ-स्याफ्रुबेँसी सडक खण्डअन्तर्गत आएको बाढीले सडक लामो समयका लागि पूर्ण रूपमा अवरुद्ध बनाएको छ । त्यस्तै, रसुवाका अन्य मुख्य राजमार्गहरू पनि अर्को सूचना नआएसम्मका लागि पूर्ण बन्द छन् ।

नुवाकोटस्थित टोखा-छहरे सडक खण्डको शिवपुरी गाउँपालिका-८ घट्टेखोलामा बाढी र पहिरोको जोखिमका कारण राति १० देखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ भने पासाङ ल्हामु सडक खण्डको बेत्रावती-१० सिमटारमा बाढीका कारण सडक पूर्ण रूपमा बन्द छ ।

पृथ्वी राजमार्गका विभिन्न खण्डमा पनि पहिरोले क्षति पुर्‍याएको छ । धादिङको बेनीघाट रोराङ-७ कृष्ण भिर र थाक्रे गाउँपालिका-२ कमेरेभिरमा ठूलो पहिरो खस्दा सडक पूर्ण अवरुद्ध भएको छ । यद्यपि, धादिङ र चितवन सीमास्थित जबाङखोला तथा थाक्रे-२ बाह्रकिलो खण्डमा भने पहिरो पन्छाएर सवारी एकतर्फी सुचारु गरिएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ घट्टेखोलामा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प बनेको छ ।

उता कर्णाली प्रदेशअन्तर्गत मुगुको छायाँनाथ रारा नगरपालिका-४ ताल्चामा पहिरो खस्दा मुगु–गमगढी सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ ।

सडक विभाग र सुरक्षाकर्मीको टोलीले पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन् । सम्बन्धित निकायले यात्रामा निस्कनुअघि सडकको पछिल्लो अवस्था बुझेर मात्र सुरक्षित रूपमा यात्रा गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय