FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२६ भदौ, काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित गुदेलमा पहिरो खसेर हुङ्गा (हुङ्कु) खोला थुनिएको छ । खोलामा माथिबाट पहिरो खस्दा करिब १५ मिटर अग्लो बाँध (ड्याम) बनेको र हाल पनि पहिरो खस्ने क्रम जारी रहेको छ ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुलाई उद्धृत गर्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरी जोखिमबारे जानकारी गराएको हो ।

पहिरोले खोला थुनिएपछि बनेको ड्याम जुनसुकै बेला फुट्न सक्ने जोखिम बढेको छ । यसले गर्दा हुङ्गा (हुङ्कु) खोला तथा दुधकोशी नदीको तटीय र आसपासका क्षेत्रमा बाढीको ठूलो खतरा उत्पन्न भएको छ ।

महाशाखाले हुङ्गा खोला र दुधकोशी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई अर्को सूचना जारी नभएसम्मका लागि उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन विशेष अनुरोध गरेको छ । स्थानीय प्रशासन र सुरक्षा निकायले स्थितिलाई नजिकबाट नियालिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय