FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२६ भदौ, काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा चिलिमे जलविद्युत कम्पनीका पूर्व प्रबन्ध–निर्देशक कुलमान घिसिङले उद्धारस्थलमै पुगेर प्राविधिक समन्वय र सहजीकरण गरिरहेका छन् । उनले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार विद्युतगृह जाने मुख्य पहुँच सुरुङमा ठूलो परिमाणमा थुप्रिएको लेदो, बालुवा र ढुङ्गा पन्छाउँदै उद्धार टोली निरन्तर अघि बढिरहेको छ ।

सुरुङको साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्रबाट आवाज पठाउँदा त्यसको प्रतिध्वनि (इको) सुनिएको र त्यहाँबाट चिसो हावा समेत आइरहेको पाइएको छ । यसले गर्दा सुरुङभित्र फसेका व्यक्तिहरू सकुशल नै हुन सक्ने आशा र अनुमानलाई थप बल पुगेको घिसिङले बताएका छन् । उनका अनुसार अब विद्युतगृह पुग्न करिब १०० मिटर मात्र बाँकी रहेको छ ।

उद्धारलाई थप गति दिन स्याफ्रुबेँसीतर्फबाट एक्स्काभेटरले सुरुङसम्म पुग्ने बाटो बनाउने काम द्रुत गतिमा गरिरहेको छ । आजसम्ममा सुरुङसम्म एक्स्काभेटर पुग्ने सम्भावना रहेको र त्यसपछि एक्स्काभेटर तथा लोडरको प्रयोगले उद्धार कार्य झनै छिटो हुने बताइएको छ ।

उक्त कठिन र संवेदनशील उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाको विज्ञ उद्धार टोली, स्थानीय प्रशासन तथा चिलिमेका कर्मचारीहरू उच्च मनोबलका साथ अहोरात्र खटिएका छन् । घिसिङले उद्धारमा संलग्न सबै सुरक्षा निकाय तथा प्राविधिक टोलीप्रति आभार व्यक्त गर्दै सुरुङभित्र रहेका सबैलाई सकुशल उद्धार गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय