FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२६ भदौ, काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनासकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रु ९९ लाख ८४ हजार ६९५ सहयोग गरेको छ । महासङ्घले आज सिंहदरबारस्थित पूर्वाधार विकास मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो ।

महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलासहितको टोलीले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालमार्फत राहत रकम कोषमा हस्तान्तरण गरेको हो । राहत रकम ग्रहण गर्दै मन्त्री लम्सालले विपद्का बेला बाढीपीडितको उद्धार तथा राहतका लागि महासङ्घले गरेको योगदानप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्न विभिन्न क्षेत्रबाट भइरहेको सहकार्यले राहत तथा उद्धार कार्यमा थप सहयोग पुग्ने बताउनुभयो ।

रकम हस्तान्तरणपछि महासङ्घका अध्यक्ष सिटौलाले भोटेकोशी बाढीबाट प्रभावित तथा बेपत्ता भएकाहरूको उद्धार र खोजीकार्यमा महासङ्घ निरन्तर सक्रिय भएर लागिरहेको बताउनुभयो । उहाँले यातायात क्षेत्रसँग प्रत्यक्ष जोडिएका मजदुर तथा व्यवसायीसमेत बाढीबाट प्रभावित भएकाले महासङ्घले आफ्ना सदस्य तथा श्रमिकको उद्धारका साथै पीडितपरिवारलाई सहयोग गर्ने कामलाई प्राथमिकता दिएको जानकारी दिनुभयो ।

“बाढीपीडितको उद्धार तथा राहतका लागि संस्था निरन्तर सक्रिय छ । हाम्रा दर्जनौँ यातायात मजदुर र सवारीसाधनसमेत अहिलेसम्म बेपत्ता छन् । यातायात मजदुर र बाढीपीडितको उद्धार तथा सहयोगमा हामी अहोरात्र खटिएका छौँ”, अध्यक्ष सिटौलाले भन्नुभयो ।

भोटेकोशी बाढीपछि ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत वितरणको काम जारी रहेका बेला यातायात व्यवसायी महासङ्घले गरेको सहयोगले प्रभावितको राहत तथा पुनःस्थापनामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
(((

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय