FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२७ भदौ, काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान पक्का गरेको छ। मलेसियाको क्वालालम्पुरमा शनिबार भएको फाइनलमा नेपालले यूएईलाई ४४ रनले पराजित गर्दै उपाधि जितेको हो।

एसीसी प्रिमियर कपको विजेता टोली एसिया कपका लागि छनोट हुने व्यवस्था रहेकाले उपाधिसँगै नेपालले एसिया कपको टिकट पक्का गरेको हो।

नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई २६९ रनमै अलआउट भयो। यूएईका लागि राहुल चोप्राले शतक बनाए। शोयब खानले ५२, तानिस सुरीले ४२, हरप्रित सिंहले ३३ र खुजैमा तनवीरले १५ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि करण केसीले तीन विकेट लिए। ललित राजवंशीले दुई तथा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र गुल्सन झाले समान एक–एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आशिफ शेखको शतकको मद्दतमा नौ विकेट गुमाएर ३१३ रन बनाएको थियो। आशिफले १०६ बलमा आठ चौका र चार छक्कासहित १०४ रन बनाए।

नेपालका लागि गुल्सन झाले ५२, अर्जुन कुमालले ४३ र रोहित पौडेलले ४० रन बनाए। यस्तै, दीपेन्द्रसिंह ऐरीले १८, बसिर अह्मदले १५, इशान पाण्डेले १३, सन्दीप जोराले सात तथा करण केसी र ललित राजवंशीले समान एक–एक रन जोडे।

यूएईका लागि इब्रार अह्मदले चार विकेट लिए। खुजैमा तनवीरले दुई तथा हैदर अली र अदीब उस्मानीले समान एक–एक विकेट लिए।

नेपालले फाइनलमा ब्याटिङ र बलिङ दुवैतर्फ प्रभावशाली प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय