FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२७ भदौ, काठमाडौँ । नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा विद्युत् गृहमा फसेकाको उद्धारलाई प्राथमिकतामा राखी खोजी गरिरहेको छ ।

सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले रसुवाको स्याफ्रुबेँसीबाट चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म पुग्ने करिब एक किलोमिटर बढी पहुँच सडक निर्माण गरी हराइरहेकाको खोजी जारी राखिएको जानकारी दिएका छन् ।

चिलिमे आयोजनाको सुरुङ क्षेत्रमा ठाउँ साँघुरो हुँदा हेलिकप्टरबाट डोजर झार्न नसकिएकाले पहुँच सडक निर्माण गर्नुपरेको हो ।

सेनाको उद्धार टोली त्यस कार्यमा २४ सै घण्टा खटिइरहेको छ । उनले भने, “त्यहाँ बाढीले ल्याएको एकदमै बाक्लो लेदो रहेछ, हाम्रो टोलीले रातभरि नै सुरुङ सफा गरिरहेका छन् ।”

सेनाका अनुसार माथिल्लो त्रिशूली-१ बाट हालसम्म चार वटा शव सङ्कलन भएको छ ।

त्रिूशली-३ ‘बी’मा र चिलिमेलाई केन्द्रित गरेको उद्धारका प्रयास भइरहेको सेनाले जनाएको छ । त्रिशूली-३ बीमा एक सयभन्दा बढी फौज उद्धारमा खटिइएका छन् ।

यस्तै, चिलिमे आयोजनाको सुरुङमा अहिले नेपाली सेना र भारतीय उद्धारकर्मीले संयुक्त रूपमा उद्धार प्रयास जारी राखेको छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय