FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२८ भदौ, काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिबार भारतको नयाँ दिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्लीमा आयोजना हुने शिखर सम्मेलनमा सहभागी हुन गएका हुन् ।

सीको भ्रमण टोलीमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्युरो स्थायी समितिका सदस्य तथा केन्द्रीय समितिको सामान्य कार्यालयका निर्देशक काइ छी र सीपीसी राजनीतिक ब्युरोका सदस्य तथा चीनका विदेशमन्त्री वाङ यी पनि सहभागी छन् ।

भारतको अध्यक्षतामा आयोजना हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सदस्य राष्ट्रका शीर्ष नेताहरूले आर्थिक सहकार्य, विश्व शासन व्यवस्था, व्यापार, लगानी र बहुपक्षीय सहकार्यका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । सीसीटीभी प्लस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय