FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२८ भदौ, म्याग्दी। कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत साङ्गीतिक समूह) सुरुआत गरेका छन् । बेनीको खुलामञ्च खेलमैदानमा म्याग्दी उद्योग वाणिज्य सङ्घले शनिबार आयोजना गरेको समारोहमा दुतराजको ‘दूतराज प्रकाश एन्ड लाइनअप’ सार्वजनिक भएको हो ।

म्याग्दीको मङ्गला गाउँपालिका-५ अर्मनमा जन्मिनुभएका र सदरमुकाम बेनीमा बाल्य तथा किशोर अवस्था बिताउनुएका दुतराजले नेपालमै पहिलो पटक लोकसङ्गीत साङ्गितिक समूह बनाएको बताएका छन् ।

“यो नेपालको पहिलो लोकसङ्गीत ब्यान्ड हो”, उनले भने, “विभिन्न विधाका वाद्यवादक र प्राविधिकलाई समेटेर लोकसङ्गीतमा नौलो अभ्यासमार्फत दर्शकमाझ पुग्ने अभियान आफ्नै जन्मथलोबाट सुरुआत गरेको छु ।”

दुतराजले अबको साङ्गीतिक प्रस्तुति ट्रयाकभन्दा पनि ब्यान्डको वाद्यावादनसहित हुने जानकारी गराए । “करिब १४ वर्षदेखि मनमा सम्हालेर राखेको सपना जहाँ देखेको थिएँ, त्यहीँबाट फुकाउने अवसर पाएकामा खुसी र उत्साही छु”, उनले भने, “ब्यान्डमार्फत संसारभर नेपाली मौलिक बाजालाई प्रवर्द्धन गर्ने मेरो उद्देश्य हो ।”

दुतराजको नेतृत्वमा रहेको समूहमा वाद्यवाधनसहित १२ कलाकार समावेश भएका छन् । ब्यान्डले नेपालमा साङ्गीतिक टूरको समेत तयारी गरिरहेको जनाएको छ । उहाँका मनमाया, घर कता हो बैनीको, रिमै, रेशम, छैन र माया, एैना झ्यालैमालगायतका लोकगीत चर्चित छन् ।

यसअघि यही भदौ १२ गते जनैपूर्णिमा पर्वका अवसरमा आयोजना गरिएको कार्यक्रम रसुवा बाढीका कारण स्थगित भएको थियो । आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले भने, “म्याग्दी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवबाट गायनयात्रा थालेका प्रतिभाको प्रोत्साहनका लागि हामीले साथ दिएका छौँ, विपन्न समुदायका प्रकाशको सङ्घर्ष र मिहेनत प्रेरणादायी छ ।”

दुतराजको ब्यान्डको प्रस्तुतिमा रमाउनका लागि म्याग्दीका साथै बागलुङ र पर्वतबाट आएका दर्शकहरूले बेनीको खुलामञ्च भरिएको थियो । प्रवेश निःशुल्क गरिएको कार्यक्रममा दर्शकहरू प्रकाशको प्रस्तुतिसँगै सिमसिमे पानीको प्रवाह नगरी नाचेर मनोरञ्जन लिएका थिए । प्रस्तुतिअघि आफ्नो विगतका सङ्घर्षका दिन र साथ दिनेहरूलाई सम्झिएका दुतराजले आगामी साङ्गीतिक योजनामा पनि साथ र सहयोग गर्न अपिल  गरे । कार्यक्रममा म्याग्देली बालकलाकार क्रियशन रोकामगरलाई म्याग्दी उद्योग वाणिज्य सङ्घको तर्फबाट सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय