FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२८ भदौ, काठमाडौं । विपद् प्रभावित विभिन्न क्षेत्रहरूमा नेपाली सेनासहितको संयुक्त टोलीले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ । आज साँझ साढे ६ बजेसम्मको विवरण अनुसार सेनाले हवाई साधनमार्फत विभिन्न भोटेकोशी बाढी प्रभावित इलाकाहरूबाट हालसम्म कुल ४ हजार १ सय ५७ जनाको सकुशल उद्धार गरेको छ । उद्धार गरिएकाहरूमा ३ हजार ८ सय ७४ जना स्वदेशी तथा २ सय ८३ जना विदेशी नागरिक रहेका छन् ।

विशेषगरी रसुवा र नुवाकोटस्थित विभिन्न जलविद्युत आयोजनाहरूमा स्वदेशी तथा विदेशी विज्ञसहितको संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ ।

‘कम्पोजिट क्विक रियाक्सन टिम’ तथा विदेशी विशेषज्ञसहितको संयुक्त टोलीले खोजी कार्य गरिरहेको छ । लाङटाङमा संयुक्त टोलीले सुरुङभित्र ड्रोन परिचालन गरी खोजी गरे तापनि हालसम्म केही फेला पर्न सकेको छैन ।

चिलिमे सुरुङभित्र जम्मा भएको लेदो र गेग्रान (डेब्रिज) हटाउन एक्साभेटर र डोडर प्रयोग गरिएको छ । हालसम्म करिब ८५ मिटर सफा गरिएको छ भने खोला वारपार गर्न नजिकै तुइन जडान कार्य भइरहेको छ ।

माथिल्लो त्रिशूली-१ मा नेपाली सेना र आयोजनाका प्रतिनिधिहरू संयुक्त रूपमा खोजीमा जुटेका छन् ।

त्रिशूली-३ ‘ए’ पावरहाउस तथा सुरुङ इलाकामा टोलीले खोजी कार्य जारी राखेको छ । त्रिशूली-३ ‘बी’ मा तीन वटा एक्साभेटर र एउटा ब्याकहो लोडरको सहायताले उत्खनन गर्दै आवास गृह रहेको गहिराइसम्म पुगेर खोजी कार्य अघि बढाइएको छ ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी (पूर्व) का प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका ८ हजार ९ सयभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालित छन् । टोलीले घाइतेहरूको उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी, सडक खुलाउने तथा आपत्कालीन स्वास्थ्य उपचार प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय