FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२९ भदौ, काठमाडौं । ई स्पोट्र्स संघ नेपाल (ईशान)ले वार्षिक ईभेन्ट क्यालेन्डर सार्वजनीक गरेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमलाई समावेश गर्दै ईशानले वार्षिक ईभेन्ट क्यालेन्डर सार्वजनीक सार्वजनीक गरेको हो ।

आईतबार सार्वजनीक गरिएको कार्यक्रममा लिग ढाचाको नेपाल ई स्पोट्र्स लिगको घोषणा गरिएको छ । करिब तीन महिना चल्ने लिग समय तालिका राखेर संघले ई स्पोट्र्सको लिग प्रतियोगिताको घोषणा गरेको हो ।

यस्तै पब्जी मोबाईल ग्लोबल ओपन साउथ एसियन च्याम्पियनसिप भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म सञ्चालन हुने तालिकामा दशौं राष्ट्रिय खेलकुदलाई समेत ई स्पोट्र्सको क्यालेन्डरमा समावेश गरिएको छ । राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो पटक ई स्पोट्र्स खेललाई आधिकारिक खेलको रुपमा समावेश गरिएको छ ।

यस्तै पुसमा ईन्टर कलेज च्याम्पियनसिप र माघ देखि चैतसम्म नेपाल ई स्पोट्र्स लिगको समय तालिका राखिएको छ । संघका सचिव आशिष दाहालले वर्षभरी ई स्पोट्र्स गतिविधिलाई सञ्चालन गर्ने उद्धेश्यका साथ क्यालेन्डर समावेश गरिएको बताए ।

‘नेपालको ई स्पोट्र्सलाई व्यवसायीक र व्यवस्थित बनाउने उद्धेश्य सहित लिग संरचनाको प्रतियोगिता घोषणा गरेका छौं । यसले नेपालको ई स्पोट्र्समा नयाँ आयाम थप्ने विश्वास संघले लिएको छ,’ सचिव दाहालले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय