FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२९ भदौ, जनकपुर । मिथिला क्षेत्रको लोकसंस्कृति, भ्रातृत्व र प्रकृतिपूजनको अद्वितीय प्रतीक मानिने चौठ चन्द्र (चौरचन) पर्व आज जनकपुरधामसहित मधेस प्रदेश तथा मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदै छ । भाद्र शुक्ल चतुर्थीका दिन मनाइने यो पर्वमा चन्द्रमालाई अर्घ दिएर पूजा गर्ने परम्परा छ ।

चौरचन पर्व मुख्यगरी घरका महिलाहरूले निराहार व्रत बसेर मनाउँछन्। दिनभरि व्रतालुहरू शुद्धताका साथ घरमा दही, खिर, पुरी, ठेकुवा, भुजिया, र विविध मिठाईहरू तयार पार्छन् । माटाका नयाँ भाँडाहरू (मटका)मा जमाइएको मिठो दही यस पर्वको मुख्य आकर्षण हो ।

साँझपख घरको आँगन वा छतमा गोबर र रातो माटोले लिपेर चामलको पिठो (पिठार)ले आकर्षक अरिपनु (रेखाचित्रररङ्गोली) बनाइन्छ । साँझ चन्द्रमा उदाएपछि अरिपनमा फलफूल (केरा, स्याउ, काँक्रो, नीम्बू आदि) र पकवानहरू राखिन्छ । व्रतालुहरूले हातमा फलफूल र पकवान लिएर अञ्जुलीबाट चन्द्रमालाई अघ्र्य (अर्घ) अर्पण गर्छन्। चन्द्रमालाई अघ्र्य अर्पण गरिसकेपछि मात्र व्रतालु र परिवारका सदस्यहरूले पूजा गरिएको प्रसाद ग्रहण गर्छन् ।

गणेश चतुर्थीकै दिन परे पनि मिथिलाञ्चलमा गणेश पूजाभन्दा चन्द्रमाको प्रत्यक्ष पूजालाई विशेष प्राथमिकता दिइन्छ । यस पर्वले प्रकृति र मानवबीचको गहिरो सम्बन्धलाई उजागर गर्छ । आज साँझ मिथिलाका गाउँ-घर र सहरका छतहरू चन्द्रमाको अघ्र्य र पारम्परिक लोकगीतहरूले गुञ्जायमान हुन्छ ।

लोकविश्वासअनुसार भदौ शुक्ल चतुर्थीको दिन देखिने चन्द्रमालाई ‘कलंकित चन्द्रमा’ मानिन्छ । यस दिन चन्द्रमाको दर्शन गर्दा झुटो आरोप वा कलंक लाग्न सक्ने विश्वास छ । त्यसैले चन्द्रमा उदाउँदा खाली हात दर्शन नगरी हातमा फलफूल वा प्रसाद लिएर दर्शन गर्ने परम्परा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय