FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२९ भदौ, काठमाडौं । जाजरकोटको नलगाड नगरपालिका–१ र २ को सीमामा पर्ने बहुला खोलामा बाढी आउँदा भेरी करिडोर सडक अवरुद्ध भएको छ भने पसल बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीर कुमार खड्काका अनुसार गएराति परेको अविरल वर्षाका कारण खोलामा बाढी आएको हो ।

बाढीले वडा नम्बर १ बैरीतालमा व्यापार गर्दै आएका स्थानीयको भौतिक संरचनामा क्षति पुर्‍याएको छ। ८ जनाले व्यवसाय गर्दै आएका घर तथा अस्थायी टहरा बाढीले बगाएको छ।

प्रहरीका अनुसार स्थानीय मानबहादुर विकको तीन कोठे टहरा पूर्ण रूपमा बगाएको छ। बबिता महराको अस्थायी टहरा र किराना पसल, कृष्ण महरको एक कोठे अस्थायी टहरा, मेघराज कुमाईको बोइलर कुखुराको दाना राखेको अस्थायी टहरा, नन्दे महरको कपडा पेल्ने मेसिनसहितको अस्थायी टहरा र बलबहादुर विकको किराना पसल रहेको अस्थायी टहरा बाढीले बगाएको छ। जनक भण्डारीको अस्थायी टहरामा रहेको फ्रेस हाउस र त्यहाँ रहेका १०० वटा बोइलर कुखुरासमेत बगाएर पूर्ण क्षति पुगेको छ।

यस्तै दले कामीको अस्थायी टहरामा रहेको किराना पसलमा हिलो र पानी पसेर आंशिक क्षति भएको छ। छवि महरको भे १ ह २६३३ नम्बरको अटोमा हिलोपानी पसेर पुरिएको छ। हिरालाल घर्तीको ग १ त ७२७८ नम्बरको ट्याक्टर माटोले पुरिएर आंशिक क्षति भएको छ। सत्यदेव चनाराको पानीघट्ट पनि बाढीले पूर्ण रूपमा बगाएको छ।

बाढीले सडक अवरद्ध भएपछि यातायातका साधन सञ्चालन गर्न नसकिने अवस्थामाा छ । भेरी करिडोर जाजरकोट, रुकुम पश्चिम र डोल्पालाई जोड्ने प्रमुख सडक भएकाले सडक अवरुद्ध हुँदा यात्रु तथा स्थानीयवासीलाई समस्या भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय