FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

३० भदौ, इनरुवा । सुनसरीसहित मिथिला क्षेत्रमा गणेश चतुर्थी अर्थात् चोठचन्द्र ९चौरचन० पर्व श्रद्धा, निष्ठा र हर्षोल्लासका साथ मनाइएको छ । मिथिला संस्कृतिमा विशेष महत्त्व राख्ने यस पर्वमा चन्द्रमाको पूजा आराधना गर्दै परिवारको सुख, शान्ति, आरोग्यता र समृद्धिको कामना गरिएको छ ।

भाद्र शुक्ल पक्षको चौथी तिथिमा मनाइने चोठचन्द्र पर्वका अवसरमा यस क्षेत्रका मैथिल समुदायले आआफ्ना घरको आँगन तथा छतलाई पवित्र रूपले लिपपोत गरी अरिपान ९चपिँड० बनाएका थिए । त्यसपछि विभिन्न प्रकारका पकवान, फलफूल र चकमरो ९माटोको भाँडो० मा राखेको विशेष दही चन्द्रमालाई अर्पण गरिएको थियो । पर्वका अवसरमा विशेष गरी पेडा, पुरी, फलफूल र नैवेद्यसहितका परिकारहरू चन्द्रमालाई चढाउने र रातिको समयमा चन्द्र दर्शन गर्ने परम्परा छ ।

धार्मिक मान्यता अनुसार यस दिन चन्द्रमाको दर्शन गर्नाले समाजमा लाग्ने झूटा कलंक वा लाञ्छनाबाट मुक्ति पाइने र पारिवारिक कल्याण हुने विश्वास गरिन्छ । सुनसरीका इनरुवा, इटहरी, दुहबी तथा धरानलगायत विभिन्न स्थानमा बसोबास गर्ने मैथिल समुदायले आफ्ना घरपरिवारका साथ यो पर्व उल्लासपूर्ण रूपमा मनाएका छन् । पर्वका अवसरमा घरका महिलाहरू दिनभर उपवास बसी साँझको समयमा विधिपूर्वक पूजा सम्पन्न गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय