FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

३० भदौ, काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य ९मुक्तिनाथ बाबा० द्धारा ११ लाख ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ ।

मुक्तिनाथ बाबाको संरक्षकत्वमा रहेको अखण्ड ज्योतिबाबा स्वामी श्रीजी च्यारिटेबल ट्रष्ट तथा मुक्तिनाथ परिवारको तर्फबाट उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

विपद्को कठिन घडीमा पीडित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि राज्य, सामाजिक संस्था, धार्मिक संघसंस्था तथा आम नागरिकबीच राष्ट्रिय एकता, समन्वय र सहकार्य आवश्यक रहेको ट्रष्टले जनाएको छ ।

ट्रष्टले विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापनामा समेत सहयोग पुर्याउन नेपाल सरकारसँगको समन्वयमा थप मानवीय सहयोग जुटाउने जनाएको छ । त्यसका लागि नेपाल तथा विदेशमा रहेका नेपालीहरूलाई समेत स्वेच्छिक रूपमा राहत अभियानमा सहभागी हुन अपिल गरिएको छ ।

मुक्तिनाथ बाबाले विपद्को समयमा पीडित नागरिकको साथमा उभिन सबैलाई आह्वान गर्दै ‘सेवा नै परम धर्म हो’ भन्ने भावनाका साथ मानवीय सेवामा जुट्न आग्रह गरेका छन् ।

विपद् कुनै व्यक्ति, समुदाय वा क्षेत्रको मात्र समस्या नभई सम्पूर्ण समाजको साझा पीडा भएकाले यस्तो अवस्थामा सहयोग, सहानुभूति र मानवीय सेवामार्फत पीडितको जीवनमा आशा जगाउनु सबैको साझा दायित्व भएको ट्रष्टले जनाएको छ ।

यस सहयोग रकम संकलनमा मुक्तिनाथ बाबाको संरक्षकत्वमा रहेको श्रीपञ्चमहालक्ष्मी मन्दिर श्रीपीठ भक्तपुर, श्रीगजेन्द्रमोक्ष दिव्यधाम नवलपरासी, श्रीपञ्चकोट विकास परिषद् बागलुङ, श्रीरामबेटेश्वर मन्दिर बागलुङ तथा श्रीमुक्तिनाथ सन्त सेवाश्रम पोखरा लगायतका संस्थाहरूको योगदान रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय