३१ भदौ, मुगु । मुगु जिल्लालाई केन्द्रबिन्दु बनाएर बुधबार बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १ः५१ बजे ४.५ म्याग्निच्युड र ४ः२८ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पपछि स्थानीयवासीमा त्रास फैलिएको छ ।
थप विवरण आउन बाँकी छ ।






