FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

३१ भदौ, सिरहा । सिरहामा प्रहरीले एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । बरामद गाँजाको तौल १०५ किलो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीका अनुसार भदौ ३० गते राति करिब ८ बजे चोहर्वातर्फबाट एम्बुलेन्समा गाँजा लोड गरी सिरहातर्फ ल्याउँदै गरेको गोप्य सूचना प्राप्त भएपछि प्रहरीले उक्त एम्बुलेन्सलाई पछ्याएको थियो ।

सिरहा नगरपालिका–१ स्थित हुलाकी सडकखण्डमा प्रहरीलाई देखेपछि एम्बुलेन्स चालक सवारीसाधन छाडेर फरार भएका थिए । त्यसपछि प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएर जाँच गर्दा भित्र लुकाएर राखिएका ५ वटा बोराबाट १०५ किलो गाँजा बरामद गरेको हो ।

प्रहरीले गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याएको छ । फरार चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय