३१ भदौ, काठमाडौं । बुधबार सुनको मूल्य तोलामा १७०० बढेको छ । चाँदीको पनि मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ७०० रुपैयाँले र चाँदी तोलामा ८५ रुपैयाँले बढेको छ ।
बुधबार सुन प्रतितोला ३ लाख १ हजार ८०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला ३ लाख १०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३२१.५ अमेरिकी डलर र चाँदी ६४.५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






