FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

३१ भदौ, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका-६ श्रीपुरमा बाक्लो हुस्सुका कारण ईभी कार सडकपेटीमा रोकिराखिएको भारतीय नम्बर प्लेटको ट्यांकरमा ठोक्किँदा चार जना घाइते भएका छन् । दुर्घटना पूर्व-पश्चिम राजमार्गमा बुधबार बिहान करिब पौने ६ बजे भएको हो ।

प्रहरीका अनुसार काठमाडौंबाट झापातर्फ जाँदै गरेको बा।प्र।०१-०३५च ३३१७ नम्बरको ईभी कार बिग्रिएर सडकपेटीमा रोकिराखिएको डब्लुबी ११ एफ १७९५ नम्बरको भारतीय ट्यांकरमा ठोक्किएको हो ।

दुर्घटनामा कार चालक धादिङको पितले-३ का २१ वर्षीय मनोज श्रेष्ठ, सुनसरी इनरुवा-३ का ३० वर्षीय ओशिम खान, बराहक्षेत्र-९ का २५ वर्षीय मोहन कविरथ र झापाको भद्रपुर-७ का २८ वर्षीय पवन राई घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी हिमराज घिमिरेका अनुसार बाक्लो हुस्सुका कारण अगाडिको दृश्य स्पष्ट नहुँदा तीव्र गतिमा रहेको ईभी ट्यांकरमा ठोक्किएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय