FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

३ असोज, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना घलेले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सम्मको दीर्घकालीन सहयोग गर्ने भएका छन्।

यस सम्बन्धी एक सम्झौतामा घले दम्पतिले नेतृत्व गरेको एमआईटी ग्रुप फाउन्डेसन र राष्ट्रिय बाल अधिकार परिषद्सँग समझदारी ९एमओयू०मा शुक्रबार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर भएको थियो ।

उक्त समारोहमा राष्ट्रिय बाल अधिकार परिषद्की अध्यक्ष पनि रहेकी मन्त्री सीता वादी पनि उपस्थित थिइन्।

राष्ट्रिय बाल अधिकार परिषद् बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिम बालबालिकाको अधिकार तथा हक हितको संरक्षण र सम्वर्धन गर्न स्थापित विशिष्टीकृत निकाय हो । सरकारले साविक केन्द्रीय बाल कल्याण समितिलाई राष्ट्रिय बाल अधिकार परिषदमा रुपान्तरण गरेको हो ।

संयुक्त राष्ट्र संघीय बाल कोष (युनिसेफ)ले रसुवा बाढीबाट प्रभावित झन्डै १७,००० बालबालिकालाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको आवश्यकता रहेको जनाएको छ।

त्यस्तै अभिभावक वा संरक्षकविहीन तथा परिवारबाट छुट्टिएका ५०० भन्दा बढी बालबालिका उच्च जोखिममा रहेको र उनीहरूलाई संरक्षण सेवाको खाँचो रहेको युनिसेफले जनाएको छ।

फाउन्डेसनले कक्षा १२ सम्म अध्ययन गर्न सहयोग गर्ने

फाउन्डेसनले बाढीबाट प्रभावित १८ वर्षमुनिका बालबालिकालाई कक्षा १२ सम्म अध्ययन गर्न सहयोग गर्ने जनाएको छ।

सहयोगअन्तर्गत बालबालिकाको अवस्थाअनुसार शिक्षा, खाना, आवास, कपडा, स्वास्थ्य उपचारलगायत आधारभूत आवश्यकता पूरा गर्न खर्च गरिनेछ।

सामाजिक संजालमा लेख्दै घलेले बाढीको पानी घटेपछि पनि प्रभावित बालबालिकाको समस्या अन्त्य नहुने बताए।

बाढीका कारण कतिपय बालबालिकाको जीवनमा कुनै पनि बालबालिकाले भोग्न नपर्ने खालको परिवर्तन आएको उल्लेख गर्दै उनले आफू र आफ्नी पत्नी ती बालबालिका र उनीहरूका परिवारले भोगेको अवस्थाबाट प्रभावित भएको जनाए।

‘हामी भाग्यमानी महसुस गर्छौं कि कठिन समयमा मात्रै होइन, आगामी वर्षहरूमा पनि उनीहरूलाई सहयोग गर्न सक्छौं, ताकि उनीहरूले आफ्नो शिक्षालाई निरन्तरता दिन सकून्, आधारभूत आवश्यकता पूरा होस् र भविष्यलाई आशाका साथ हेर्न सकून्,’ घलेले भने।

उनले यो सहयोग रकममा मात्र सीमित नभएको बताए । बालबालिका हुर्कंदै जाँदा दीर्घकालीन रूपमा साथ दिने र उनीहरूले भोगेको कठिनाइले जीवनमा पाउने अवसर निर्धारण नगरोस् भन्ने उद्देश्य रहेको उनको भनाइ छ।

‘सबैभन्दा महत्त्वपूर्ण कुरा, उनीहरूलाई आफूहरूलाई बिर्सिएको छैन भन्ने महसुस गराउन चाहन्छौं,’ घलेले भने । अष्ट्रेलियामा बसोबास गर्ने घले दम्पतिले नेपालमा पांचतारे होटल लगायत विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय