४ असोज, काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले बढेको छ ।
चाँदी तोलामा २० रुपैयाँले बढेको छ । आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला ४ हजार ७९५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३७७.९१ अमेरिकी डलर र चाँदी ६६.२५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






