४ असोज, तनहुँ । तनहुँको दमौली–दुम्रे सडकखण्डअन्तर्गत छिर्कनेमा पहिरो खसेर सडक एकतर्फी अवरुद्ध भएको छ। सडकमा खसेको ठूलो ढुङ्गा तथा पहिरो हटाउने काम तीव्र रूपमा भइरहेको छ। ट्राफिक प्रहरी र नेपाल प्रहरीले एकतर्फी रूपमा सवारीसाधन व्यवस्थापन गर्दै सडक खुलाउने कार्य गरिरहेका छन्।






