FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

त्रिशूली–३ए आयोजनाको टनेल तथा पावर हाउस क्षेत्रमा आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले खोजी कार्य गरिरहेको छ ।

यस्तै, त्रिशूली–३बी आयोजनाको पावर हाउस क्षेत्रमा नेपाली सेनासहितको संयुक्त टोलीले तीनवटा एक्स्काभेटर र लोडर प्रयोग गरी उत्खनन गरे पनि हालसम्म केही फेला नपरेको जनाएको छ । उक्त क्षेत्रमा खोजी कार्य जारी छ ।

रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान, मान्चेतलगायत प्रभावित क्षेत्रमा नेपाली सेनाले बेस स्थापना गरी पैदल गस्तीमार्फत खोजी कार्य गरिरहेको छ । साँघुरा टनेलको रेकी, प्रभावित क्षेत्रको खोज तथा मूल्याङ्कनका साथै सडक सम्पर्कबाट विच्छेद भएका दुर्गम क्षेत्रमा ड्रोनमार्फत राहत सामग्री ढुवानी भइरहेको छ ।

नेपाली सेनाका ड्रोनमार्फत हालसम्म नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा गरी ३१ हजार ९१ किलो राहत तथा अत्यावश्यक सामग्री ढुवानी गरिएको छ ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ७ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालित छन् । उनीहरूले समन्वयात्मक रूपमा खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालनमा ल्याउने र आपत्कालीन उपचारलगायतका कार्य गरिरहेका छन् ।

बाढीबाट प्रभावित परिवारलाई धार्मिक संस्कार, श्रद्धाञ्जली तथा भावनात्मक कार्यमा सहयोग गर्नुका साथै राहत वितरण र आयोजनाका अत्यावश्यक उपकरण ढुवानीमा समेत नेपाली सेनाले सहयोग गरिरहेको छ ।

यसैबीच, नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट आश्विन ४ गते सात जनाले स्वास्थ्य सेवा लिएका छन्। यी केन्द्रबाट हालसम्म ४ हजार ३ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

बेत्रावती नदीमा पुल जडानका लागि श्री नं. २८ वाहिनी अड्डा, बाराबाट एक्रो ब्रिजका पार्टपुर्जा तथा सामग्री ढुवानी गरी आश्विन ४ गते नुवाकोटको त्रिशूली पुर्याइएको छ । त्यसका लागि ६ वटा डम्प ट्रक, एक क्रेन ट्रक, एक एक्स्काभेटर र दुईवटा लो–बेड प्रयोग गरिएको थियो । बेत्रावतीमा बेलिब्रिज निर्माणका लागि डिजाइन सम्पन्न गरी फाउन्डेसनको कामसमेत सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय