FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

५ असोज, काठमाडौं । नेपालका दुई ई स्पोट्र्सका टिम पब्जी मोबाइलको ग्लोबल ओपन च्याम्पियनसिपमा छनोट भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न पब्जी मोबाइलको ग्लोबल ओपन साउथ एसिया फाइनलमा दोस्रो र तेस्रो स्थानमा रहँदै ट्रेन टु किल (टीटूके) र होरा ई स्पोट्र्स ग्लोबल ओपन च्याम्पियनसिपमा छनोट भएका हुन् ।

ई स्पोट्र्स संघ नेपाल (ईशान) र पब्जी मोबाईलले काठमाडौंमा आयोजना गरेको चार दिने क्षेत्रीय छनोटमा १६ टिम मध्य उत्कृष्ट प्रदर्शन गर्दै नेपालका दुई टिमले ग्लोबल ओपनमा स्थान बनाएका हुन् ।

टीटूके १८८ अंक सहित समग्रमा दोस्रो स्थानमा रह्यो, होरा ई स्पोट्र्स १७५ अंक सहित तेस्रो स्थानमा रह्यो । नेपालकै अर्को टिम एचएलएक्स चौथों स्थानमा रहे पनि ग्लोबल ओपनमा स्थान बनाउन सकेन । पाकिस्तानको फोर थ्रिभ्स पहिलो स्थानमा रहँदै ग्लोबल च्याम्पियनसिपमा छनोट भएको छ ।

पहिलो बनेको फोर थ्रिभ्सले ९ हजार अमेरिकी डलर, दोस्रो टी टु केले ५ हजार ५ सय अमेरिकी डलर, तेस्रो होरा ई स्पोट्र्सले ४ हजार ५ सय अमेरिकी डलर प्राप्त गरेका छन् । विजेता खेलाडीलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र ईशानका कार्यवाहक अध्यक्ष हिमविक्रम केसीले पुरस्कृत गरेका थिए ।

चार दिनसम्म काठमाडौंमा सञ्चालन भएको प्रतियोगिताको टिकटबाट जम्मा भएको ५० प्रतिशत रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृत कार्यक्रमलाई निजी तथा विभिन्न संघ संस्थाले सहयोग गरेका थिए । काठमाडौंमा सम्पन्न भएको पीएमजीओ साउथ एसिया कार्यक्रम दक्षिण एसियाकै उत्कृष्ट ल्यान इभेन्ट मध्य एक भएको ईशानका सचिव आशिष दाहालले बताए ।

कार्यक्रमको समापन समारोहमा सचिव दाहालले अझ ठुला ई स्पोट्र्सका अन्तर्राष्ट्रिय कार्यक्रम नेपालमा ल्याउन संघले पहल गरिरहेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय