FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

६ असोज, काठमाडौं । बलिराम चौहानको निर्देशनमा बन्ने सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’को शुभ मुहूर्त गरिएको छ । निर्माण टिमले ललितपुरको कार्यविनायक मन्दिरमा पूजा गर्दै सिनेमाको शुभ मुहूर्त गरेका हुन् । जसमा सिनेमाका निर्देशक चौहान निर्माता भोलानाथ कटुवालसहित सवैजसो मुख्य कलाकार उपस्थित थिए ।

सिनेमाको भोलि बुधबार काठमाडौंको लाजिम्पाटदेखि नै छायांकन सुरु गर्ने निर्देशक चौहानले बताए । उनका अनुसार ३५ दिनको छायांकन तालिकासहित छायांकन सुरु गरिनेछ । यो सिनेमाको छायांकन काठमाडौं, झापा र सुनसरीको इटहरी क्षेत्रमा गरिनेछ ।

स्काइफल पिक्चर्सको प्रस्तुति रहने सिनेमाको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ । नेपाली युवापुस्ताले आफ्नो सर्कलमा साथीभाइबीचको ‘किचकिच’ र एउटै कुरामा हुने बारम्बारको दबाब वा मानसिक तनावलाई बुझाउन ‘ल्याङ्ग ल्याङ्ग’ शब्द प्रयोग गर्ने गर्छन् ।

सिनेमाले यही युवा चरित्र र उनीहरूको दैनिक जीवनका उतारचढाव प्रस्तुत गर्ने निर्देशक चौहानले बताए । ‘सिनेमाले जेनजी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा भन्नेछ’, उनले भने, ‘विशेषगरी युवापुस्ताको मनोविज्ञान र समसामयिक कथालाई पर्दामा उतार्नेछौं ।’

कथाअनुसार सिनेमाको स्लोगन पनि युवकेन्द्रित ‘हरेक युवाको कथा’ राखिएको छ । सिनेमाको मुख्य भूमिकामा रिहान गिरी, सन्तोष बानियाँ, जीवन जंग बस्न्यात, गुराँस ढकाल, प्रज्वल दुलाल, बिनोद सिंह थापा, सुप्रिया खनाल, हिउँवाला गौतम, सवी थापा, श्रेया श्रेष्ठ, सुगम दुलाल र सिर्जना बानियाँलगायत कलाकारको अभिनय रहनेछ ।

सिनेमाको कथा बलिराम चौहान र उपाश्री खतिवडाले मिलेर तयार पारेका हुन् । स्काई फल पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको सिनेमामा कटुवालको लगानीमा बन्नेछ । सिनेमामा रवी रोक्काको छायांकन, अर्जुन पोखरेल, प्रशान्त शिवाकोटी र अभिषेक निरौला (एनमक्स) को संगीत, महेश मगर प्रोडक्सन म्यानेजर, रेलिजाश्रेष्ठ प्रोडक्सन डिजाइनर, साश्वत श्रेष्ठको बिजिएम र मित्र डी गुरुङको सम्पादन रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय