FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

७ असोज, काठमाडौं । पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनलाई तीव्र बनाउन पशु सेवा विभागले प्रदेश र स्थानीय तहमा परिचालन हुने १२ वटा प्राविधिक टास्क फोर्स गठन गरेको छ ।

विभागले टोलीका सदस्यलाई अभिमुखीकरण सम्पन्न गरिसकेको जनाएको छ । महानिर्देशक डा। उमेश दाहालले संघीय सरकारका तर्फबाट प्रदेश र स्थानीय तहलाई ऐन कार्यान्वयनमा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन टास्क फोर्सलाई निर्देशन दिएका छन् ।

गत भदौ ३० गते बसेको सचिवस्तरीय बैठकले ऐन कार्यान्वयनमा कुनै तयारी बाँकी नरहने गरी आवश्यक काम अघि बढाउन विभागलाई निर्देशन दिएको थियो । त्यसपछि विभागले कार्यान्वयन संयन्त्रलाई सक्रिय बनाएको हो ।

यसैबीच, प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर ऐन कार्यान्वयनको प्रगति अनुगमन गर्न विभागका उपमहानिर्देशक डा। विकास श्रेष्ठको संयोजकत्वमा राष्ट्रिय पशु वधशाला तथा मासु जाँच कार्यान्वयन समिति पनि गठन गरिएको छ । विभागका अनुसार उक्त समितिले कृषि, वन तथा वातावरण मन्त्रालयका सचिवको अध्यक्षतामा प्रत्येक हप्ता बस्ने बैठकमा कार्यप्रगतिको प्रतिवेदन पेश गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय