FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

७ असोज, काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले प्रमुख नदीहरूको बाढी पूर्वानुमानको समयावधि ३ दिनबाट बढाएर ५ दिन पुर्‍याएको छ ।

केन्द्रले बुधबारदेखि नेपालभरका स–साना नदीमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को जोखिम पूर्वानुमानसमेत २४ घण्टाबाट बढाएर ४८ घण्टासम्म गर्न थालेको जनाएको छ ।

केन्द्रका उपकार्यकारी निर्देशक तथा प्रवक्ता डा. राजन भट्टराईले बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवामा थप सुधार गर्दै पूर्वानुमानको समयावधि विस्तार गरिएको बताए ।

उनका अनुसार केन्द्रको आफ्नै नेपाल केन्द्रित बाढी पूर्वानुमान मोडल तथा ECMWF Ensemble Forecast मा आधारित प्रणालीलाई विश्वव्यापी तथा क्षेत्रीय जलविज्ञानसम्बन्धी विभिन्न मोडलसँग एकीकृत गरी पूर्वानुमान प्रणाली सञ्चालनमा ल्याइएको हो ।

दुई दिने आकस्मिक बाढी जोखिम पूर्वानुमान तयार गर्दा दक्षिण एसिया आकस्मिक बाढी विश्लेषण प्रणाली, भू–चिस्यान, हालको नदी जलसतह तथा प्रवाह, वर्षाको पूर्वानुमान, जलाधारको अवस्था लगायतका जलविज्ञानसम्बन्धी सूचकहरूको समग्र विश्लेषण गरिने केन्द्रले जनाएको छ ।

यसबाट सम्भावित बाढी तथा आकस्मिक बाढीको जोखिमबारे पहिले नै जानकारी प्राप्त हुने र पूर्वतयारी, सतर्कता, जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि थप समय उपलब्ध हुने अपेक्षा गरिएको छ ।

केन्द्रले आगामी दिनमा पूर्वानुमानको स्थान विशेष तथा समयगत शुद्धता बढाउनुका साथै प्रभावमा आधारित बाढी पूर्वानुमान, स्थानीय जोखिम पहिचान र पूर्वसूचना प्रणालीलाई थप सुदृढ गर्दै लैजाने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय