FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

७ असोज, काठमाडौँ । शिक्षाविद् तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा सुरेशराज शर्माको आज ८६ वर्षको उमेरमा निधन भएको छ ।

शिक्षाविद् डा शर्माको उपचारका क्रममा आज काठमाडौँको धुम्बाराहीस्थित हेम्स अस्पतालमा निधन भएको हो । उहाँको बिहीबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

सिन्धुलीमा १९९७ साउनमा जन्मिनुभएका डा शर्माले रसायनशास्त्रमा विद्यावारिधि गर्नुभएको थियो । उहाँ नेपालको उच्च शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु-याउने शिक्षाविद्का रूपमा परिचित हुनुहुन्थ्यो । सामुदायिक क्षेत्रबाट विश्वविद्यालय सञ्चालन र उच्च शिक्षाको विस्तारमा उहाँको महत्वपूर्ण भूमिका रहेको थियो । विशेषगरी उच्च शिक्षालाई प्राविधिक तथा व्यावसायिक धारसँग जोड्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ शिक्षाविद् डा शर्माले विभिन्न शिक्षालयमा रहेर काम गर्नुभएको थियो ।

काठमाडौँ विश्वविद्यालय स्थापनापछि संस्थापक उपकुलपतिका रूपमा शिक्षाविद् डा शर्माले विश्वविद्यालयको शैक्षिक तथा संस्थागत आधार निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको नेतृत्वमा विश्वविद्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकता दिँदै उच्च शिक्षामा नयाँ अभ्यासको सुरुआत गरेको थियो ।

शिक्षाको गुणस्तर, अनुसन्धान तथा व्यावसायिक शिक्षाको विस्तारलाई प्राथमिकता दिनुपर्ने मान्यता राख्दै आउनुभएका शिक्षाविद् डा शर्माले नेपालको उच्च शिक्षा क्षेत्रमा लामो समय योगदान दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय