FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

८ असोज, काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकमा केन्द्रीय समिति र स्थायी समितिमा मनोनयन गर्ने विषयमा छलफल भएको छ ।

पार्टी मुख्यालय च्यासलमा बसेको बैठकपछि जानकारी दिँदै एमाले उपमहासचिव लेखराज भट्टले केन्द्रीय समितिमा कसलाई र कसरी मनोनयन गर्ने भन्ने विषयमा विस्तृत छलफल भएको बताए ।

उनका अनुसार स्थायी समितिमा थप गर्नुपर्ने सदस्यहरुका विषयमा समेत बैठकमा छलफल भएको छ । यी विषयमा अन्तिम निर्णय भने केन्द्रीय समितिको बैठकबाट हुने उनले जानकारी दिए ।

उनले भने, ‘ मनोनयन कसलाई कसरी गर्ने भन्ने विषयमा छलफल भयो । त्यसले अलि लामो समय लियो । त्यसैगरी स्थायी समितिका सन्दर्भमा पनि छलफल भयो । यि सबै विषय केन्द्रीय कमिटीमा नै गएर टुङ्गिन्छन् ।’

बैठकमा पार्टी अध्यक्षको अघिल्लो दिन प्रस्तुत प्रतिवेदनका विषयमा समेत छलफल भएको भट्टले बताए । अध्यक्षको प्रतिवेदनले पार्टीभित्र एकताको भावना पैदा गरेको उल्लेख गर्दै उनले त्यसलाई तल्लो तहसम्म एकरूपताका साथ सम्प्रेषण गर्ने विषयमा बैठकले विशेष जोड दिएको बताए ।

त्यस्तै, विभिन्न समूहबाट एकतामा आएका तथा पार्टी प्रवेश गरेका नेताहरूलाई केन्द्रीय समितिमा मनोनयन गर्ने विषयमा पनि छलफल भएको उनले जानकारी दिए । मनोनयनसम्बन्धी अन्तिम निर्णय केन्द्रीय समितिको बैठकबाट भएपछि नाम सार्वजनिक गरिने उनको भनाइ छ ।

स्थायी समितिमा मनोनयनका लागि केही विषय टुंगिएको भएपनि त्यसको औपचारिक निर्णय केन्द्रीय समितिबाट हुने भट्टले बताए ।

बैठकले बाँकी विषयमा केन्द्रीय समितिमा छलफल गरी आवश्यक निर्णय गर्ने र सचिवालयले त्यसका लागि अग्राधिकार लिएर काम गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय