FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

८ असोज, काठमाडौं । चितवन प्रशासनले नारायणगढ-मुग्लिन सडकखण्डमा बिहीबार राती ८ बजेदेखि भोली बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले निरन्तर वर्षा तथा बाढी-पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सम्पूर्ण सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो । यो सडकखण्डमा चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन रोक लगाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा अत्यावश्यकबाहेक यात्रा नगर्न, मौसम तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न र जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

नारायणगढ-मुग्लिन सडकखण्डमा वर्षायाममा पहिरो तथा बाढीका कारण पटक–पटक यातायात प्रभावित हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय